सुनको मूल्यमा सामान्य वृद्धि

52
www.swaviman.com
email sharing button
sharethis sharing button

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो  प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजोको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here