कांग्रेसको चुनावी सभा अमरगढीमा

150

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा छन्। उनी मंगलबार दिउँसो सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी छन्।

कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका छन्।

सोमबार गन्यापाधुराको चुनावी सभालाई सम्बोधन गरेका देउवाले मंगलबार अमरगढी र परशुराम नगरपालिकामा सम्बोधन गर्दैछन्।

अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले शक्ति प्रदर्शन गरेर अरु दल र मल्ल समूहलाई सन्देश दिन खोजेको छ। यहाँ सबै एमाले र नेपाली कांग्रेस बीपीको तालमेल छ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी भने एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन्।

गन्यापधुरामा प्रधानमन्त्री देउवाको मतदाता नामावली छ। उनको नामावली गन्यापधुरा वडा नम्बर १ मा छ। देउवा स्थानीय तह निर्वाचनमा मतदान गरेरमात्रै संघीय राजधानी काठमाडौँ फर्किने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here