अवैध लागूऔषध गाँजा सहित पक्राउ 

123

बारा । वैशाख जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा २ ओटा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी अटो चालक पाण्डे समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here