घोराहीमा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माकाे अग्रता

98

दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्माले अग्रता बढाउनुभएको छ ।

उहाँले दुई हजार ८८४ मत प्राप्त गर्नुभएको छ ।  नेकपा (एमाले)का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रमुख पदमा करिब ३०० मतान्तर भए पनि उपप्रमुखमा धेरै  रहेको छ । गठबन्धनबाट उपप्रमुख पदमा   उम्मेदवार बन्नुभएका नेपाली कांगे्रसका भुपबहादुर डाँगीले  तीन हजार १०० मत प्राप्त गर्नुभएको छ ।

एमालेका हुमा डिसीले दुई हजार ५३४ मत प्राप्त गर्नुभएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिले घोराही उपमहानगरपालिकाको वडा नं १४, १५, १६, १७, १८ र १९ को मतगणना जारी  छ ।

घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकोमा ७६हजार ५२९  अर्थात्  ६७.७६ प्रतिशत मत खसेका थियो ।

त्यसैगरी लमही नगरपालिकामा कांगे्रसले अग्रता लिएको छ । सो नगरपालिकाको नगरप्रमुखमा  कांग्रेसका उम्मेदवार जोगराज चौधरीले एक हजार ३३३, एमालेका उम्मेदवार ढुण्डिराम चौधरीले एक हजार ११ र माओवादीका वसन्तराज शर्माले एक हजार ४७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय लमहीले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा  कांगे्रसका  उम्मेदवार  लक्ष्मी योगी, एक हजार ३६२, एमालेका सुनिता शर्माले एकहजार ४३ र माओवादीका गङ्गा पाण्डेले ७९४ मत प्राप्त गर्नुभएको छ । गढवा गाउँपालिकामा भने माओवादीका उम्मेदवारले अध्यक्षमा र उपाध्यक्षमा कांगे्रसका उम्मेदवारले अग्रता लिनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार माओवादीका उम्मेदवार यमनारायण पोख्रेलले ९१०,कांगे्रसका सर्वजीत डिसीले ९०० र एमालेका सहजराम यादवले ७७० मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षमा कांगे्रसका शारदा चौधरीले ८७५, एकीकृत समाजवादीका शान्ती चौधरीले ४९१ र  एमालेका सीता चौधरीले ४९१ मत  प्राप्त गर्नुभएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here