एक लाख ‘उत्तमशान्ति पुरस्कार’ संयुक्त रूपमा समर्पण

151

काठमाठाैं । २६ वर्षको उमेरमै ‘श्रष्टा र साहित्य’ नामक कृतिबाट मदन पुरस्कार प्राप्त गरेका साहित्यिक पत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ सालमा निधन भएको थियो।

तिनै वरिष्ठ साहित्यिक पत्रकार स्व. उत्तम कुँवरको स्मृतिमा निजकी धर्मपत्नी स्व. शान्ति कुँवरद्वारा वि.सं. २०४४ सालमा स्थापित ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको छ।

यसै सन्दर्भमा २०७८ सालको ‘उत्तम शान्ति पुरस्कार’का निमित्त २०७८ सालभरिमा प्रकाशित भएका ग‌ैरआख्यान कृतिहरूमध्ये एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रूपमा प्रेरणादायी रहेका साथै शैलीगत दृष्टिले पनि रोचकताले ओतप्रोत गिरीश गिरिद्वारा लिखित ‘सत्यमोहन’ नामक आत्मकथात्मक कृतिलाई वरिष्ठ लेखक तथा समालोचकहरू संलग्न  समितिले पुरस्कारका लागि चयन गरेको छ।

उक्त पुस्तकको अन्तर्वस्तु शताब्दीपुरूष सत्यमोहन जोशीको एकशताब्दी  लामो जीवनयात्रासँग सम्बद्ध रहेको र यसको सृजनात्मक पुनर्लेखन गिरीश गिरिले गरेको हुनाले कृतिनायक शताब्दीपुरूष सत्यमोहन जोशी र कृतिकार गिरीश गिरिलाई २०७८ सालको ‘उत्तमशान्ति पुरस्कार’ संयुक्त रूपमा समर्पण गर्न लागिएको हो।

हाल यस पुरस्कारको राशी १ लाख रहेको छ। पुरस्कार यही उत्तम  कुँवरको जन्मजयन्तिका अवसरमा यही जेठ १२ गते समर्पण गरिने कुरा ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here