टोखाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले जित्याे

140

काठमाडाैं । काठमाडाैंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका मुरारी तामाङ विजयी हासिल गरेकाे छ ।

मेयरमा एमालेका प्रकाश अधिकारीले १० हजार तीन सय ४० मत र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार एक सय ६६ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका मुरारी तामाङले आठ हजार पाँच सय ६ मत र उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी ज्ञानमाया डंगोलले सात हजार आठ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

टोखा नगरपालिकामा रहेका ११ वटा वडामध्ये नौ वटामा एमाले र दुई वटामा नेपाली कांग्रेसले वडाध्यक्ष पद जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here