सेयर बजार न्यून विन्दुमा झर्यो

109

काठमाडाैं । गत साताको बिहीबारदेखि ओरालो लागेको सेयर बजार यस साताको पहिलो कारोबार दिन ३४.२१ अंक अर्थात १.५३ प्रतिशत घटेर २२००.८८ विन्दुमा झरेको छ। यस अघि २०७७ पुस २३ गते नेप्से २१९४.४८ विन्दुमा रहेको थियो।

आज सेन्सेटिभ इण्डेक्स ५.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंक घटेको छ। आज २२४ स्टकको २८ हजार ५०६ पटकको कारोबारमा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको ३९ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here