भारतमा ओमिक्रोनको बीए.४ र बीए.५ भेरियन्ट

105

काठमाडौं ।  भारतमा ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको छ।  सार्स–कोभ–२ जिनोमिक्स कन्सोर्टियमले कोरोना भाइरसको ओमिक्रोनको सब भेरियन्ट बीए.४ र बीए.५ दुवै भेरियन्ट भेटिएको पुष्टि गरेको छ। उक्त भेरियन्टको पहिलो केस तमिलनाडु र दोस्रो केस तेलांगानामा देखिएको थियो।

यूरोपियन सेन्टर फर डिजिज एण्ड कन्ट्रोलले अघिल्लो साता बीए.४ र बीए.५ ओमिक्रोन सब–भेरियन्टलाई चिन्ताको विषय रहेको बताएको थियो। कन्ट्रोलले यि दुई भेरियन्टले संक्रमण दरलाई १२ देखि १३ प्रतिशतसम्म बृद्धि गराउन सक्ने चेतावनी दिएको छ।

दक्षिण अफ्रिकी वैज्ञानिकद्वारा खोजिएको नयाँ ओमिक्रोनको भेरियन्ट कोरोनाविरुद्धको भ्याक्सिन र प्राकृतिक प्रतिरक्षासँग पनि लड्न सक्षम रहेको बताइएको छ।

के हो बीए४ र बीए.५ भेरियन्ट 

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसन ९सेरी०का निर्देशक टुलिया डी ओलिभेरा भन्छन्, ‘अहिलेका दुवै भेरियन्ट बीए.२ जस्तै तीव्र गतिमा फैलिने गुण भएका हुन्। नयाँ भेरियन्टमा रहेको स्पाइक प्रोटिनमा एक डेल्टा, कप्पा र उप्सीलोन नामक भरियन्ट पनि समावेश छन्।’

विश्व स्वास्थ्य संगठनले सुरुवातदेखि नै बीए.४ र बीए.५ लाई ट्रयाक गर्न थालेको थियो। अतिरिक्त म्यूटेशनलाई बुझ्न र अध्ययन गर्नका लागि देखा परेको समयदेखि नै डब्लुएचओले ट्रयाक गर्न थालेको हो।

एक अध्ययन अनुसार ओमिक्रोन बीए.१ संक्रमणबाट उत्पन्न भएको एन्टीबडिजले बीए.४ र बीए.५ विरुद्ध काम गर्ने सम्भावना पनि न्यून पाइएको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here