नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा नेपाल सरकारको कदमको भत्सर्ना

137

काठमाडाैं । नेपाल सरकारले  कृष्णप्रसाद भट्टराईको नाम जोडिएर सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा  प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को गम्भीर ध्यानाकर्षण भएको कुरा प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आमसञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने सरकारको नीति स्वागतयोग्य रहेता पनि गलत तथ्यको आधारमा कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघ (तत्कालीन संघ)को संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न खोज्नु गलत हो भन्दै नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने तथ्य प्रमाणित भइसकेको अवस्थामा उहाँको इतिहास र योगदानलाई अस्वीकार गर्दै गलत तथ्यलाई आधार मानेर नेपाल सरकारले उनकै नाममा प्रतिष्ठान सञ्चालन गर्ने नीति अवलम्बन गरेको प्रति फोनिजले आपत्ति जनाएको छ ।

हालको नेपाल पत्रकार महासंघ त्यतिबेलाको ‘नेपाल पत्रकार संघ’को विकसित रूप हो । तत्कालीन ‘नेपाल टुडे’का सम्पादक सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्वमा वि.सं. २००८ सालमा नेपालमा पहिलो पटक ‘नेपाल पत्रकार संघ’ गठन भएको सत्य प्रमाणित भइसकेको छ भने नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनमा सम्पन्न भएको थियो । दोस्रो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठलाई नै सभापति चुनेको एेतिहासिक तथ्य प्रकाशमा आइसकेको छ । श्रेष्ठ सभापति भएको ४ वर्षपछि मात्रै २०१२ साल चैत्र १६ गते ‘नेपाल पुकार’का तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका हुन् ।

नेपाली पत्रकारिता र पत्रकारजन्य संगठनको इतिहास र गरिमालाई बेवास्ता गर्नु र श्रेष्ठको योगदानलाई विस्थापित गरेर भट्टराईलाई अनावश्यक जस प्रदान गरी पत्रकारलाई संगठित गर्ने पहिलो व्यक्तिको योगदानलाई नामेट पार्ने सरकारी दुष्प्रयास स्वीकार्य हुँदैन भन्दै निहीत राजनीतिक आस्था र विचारका आधारमा कसैको इतिहास नामेट पार्ने सरकारी कदम निन्दनीय मात्र छैन,  भर्त्सनायोग्य छ र फोनिज यसको घोर भर्त्सना गर्दै नियोजित रूपमा गरिएको निर्णय तत्काल सच्याउन नेपाल सरकार र सम्बद्ध पक्षसँग जोडदार माग महासचिव मिलन लिम्बूद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here