सत्ता साझेदार गठबन्धनको बैठक जारी

74

काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको जानकारी राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले दिनुभयो ।

उपाध्यक्ष पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ ।

त्यस्तै, आइतबार संसद्को संयुक्त बैठकमा पेश भएको आर्थिक वर्ष २०७९–०८० को बजेट कार्यान्वयनबारे पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here