अमेरिकामा नेपालले अभ्यास खेल खेल्दै

116

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार राती ९:१५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोली मृत्यू बास्कोटाको कप्तानीमा रहेको टोलीसँग नेपालले खेल ५० ओभरको खेल खेल्नेछ । नेपाली अल स्टार्सको टोलीमा पूर्व राष्ट्रिय खेलाडी बसन्त रेग्मी पनि रहेका छन् । यस्तै नेपालले शनिबार ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्ने छन् ।

सिरिजको तयारी स्वरूप नेपाली टोलीले दुई अभ्यास खेल खेल्न लागेको हो । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिका विरुद्ध जुन ११ मा खेल्नेछ । लिग टू को अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म १२ खेल खेलेर ६ जित र ६ खेलमा हार व्यहोरेको छ । नेपालको १२ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here