सहरी विकास मन्त्रालय र स्थानीयबीचको वार्ता सकियाे पुनः बार्ता बेलुका हुने

100

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहरी विकास मन्त्रालय र स्थानीयबीचको वार्ता सकिएको छ । वार्तामा सामान्य छलफल भएको तर कुनै पनि निर्णय नगरिएको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीसहित बेलुका फेरि वार्ताका लागि बोलाइएको बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगानाले जानकारी गराए ।

“अहिले सामान्य छलफल मात्रै भयो । सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेर बेलुका केही निर्णय हुनसक्ने भनिएको छ,” उनले भने ।

वार्तामा स्थानीय, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here