तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार, दुईजना गम्भीर घाइते

327

काठमाडौं । नेपालगन्जमा तरुण दलका कार्यकर्ता माथी खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन् । गत बुधबार राती साढे दश बजे नेपालगन्जको धम्बोझी चोकमा उक्त घटना भएको तरुन दलले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

तरुण दल नेपालगन्जका अध्यक्ष सन्दिप जङ्ग शाहलाई ‘तिमीहरु नै होइन, हाम्रो वडा अध्यक्ष सुमन मल्ल बिरुद्द आन्दोलन गर्ने’ भन्दै आक्रमण भएको उक्त विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा आफ्ना साथीलाई बचाउने क्रममा तरुण दलका अमर रोकाय र घमण्ड खड्कालाई बिनोद खड्का र दिपक थापा लगायतका ब्यक्तिहरुले खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको नेपाल तरुण दल बाँकेले जनाएको छ।
साथै तरुण दलले प्रहरीले आक्रमण गर्नेलाई पक्राउ नगरे प्रतिकारमा उत्रिने चेतावनीसमेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here