एसियन कपमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दै

56

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा (नेपाली १० बजे) सुरु हुनेछ ।

प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २–१ अन्तरले पराजित भएको थियो । यस्तै, नेपाल बलियो टोली जोर्डनविरुद्ध २–० अन्तरले खेल गुमाएको थियो ।

जोर्डनविरुद्ध युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोहि सेटलाई मौका दिने योजनामा छन् । त्यसैले दोस्रो दिन टोलीमा कुनै परिवर्तन हुने छैन । गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङले डेब्यु खेलमा आशालाग्दो प्रदर्शन गरेका थिए ।

अल्मुताइरीको जन्मथलो भर्सेज कर्मथलो : 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको जन्म थलो हो कुवेत । नेपाल कुवेतविरुद्ध मैदान उत्रदै गर्दा आज अल्मुताइरी आफ्नोजन्म थलोको नभई आफ्नो कर्म थलो नेपालको जितमा खुशी वा नेपालको हारमा दुखी हुनुपर्ने अवस्था छ ।

कुवेतका अल्मुताइरीले त्यहि कुवेती फुटबल संस्कारमा हुर्किएका कारण आजको खेलमा नेपाललाई केही फाइदा भने अवश्य नै पुग्ने छ । कर्म थलो नेपाल भएपनि जन्म थलो कुवेत नै भएकाले कुवेती फुटबलको लामो इतिहास र वर्तमान अल्मुताइरीलाई थाहा छ ।

प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

नेपाल भन्दा वरियतामा २२ स्थान माथि रहेको टिम हो कुवेत । जुन प्रदर्शन नेपालले जोर्ड्नविरुद्धको खेलमा गरेको थियो सोहीअनुरुप गर्न सके नेपालले नतिजा हाफ्नो पोल्टामा ल्याउन धेरै गार्हो छैन ।

पहिलो खेलमा इन्डोनेसियासँग स्तब्ध बनेको कुवेत पक्कै पनि नेपाल माथी जित निकाल्दै एसिया कप खेल्ने आशा जिबित राख्न चाहन्छ । तर जसरी अल्मुताइरीले कुवेतलाई नजिकबाट बुझेका छन् त्यसरी कुवेतका प्रशिक्षक र खेलाडीहरुले बुझेका भने पक्कै छैनन् ।

अल्मुताइरीले पत्रकारहरुसँग बोल्दै आफूलाई कुवेतले जितेको भन्दा पनि नेपालले जित्दा खुशी लाग्ने  बताएका छन् । उनले कुवेतविरुद्ध नेपाल तयार रहेको पनि बताएका छन् । नेपालले अहिलेसम्म कुवेतलाई पराजित गर्न सकेको छैन । नेपालले अहिलेसम्म कुवेतसँग ८ खेल खेलेको छ जसमा ७ खेलमा पराजित भएको छ भने १ खेलमा नेपालले बराबरी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here