इन्भेस्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का

108

काठमाडौं ।  मर्जरमा जानका लागी नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंककको सेयर कारोबार रोक्का भएको छ।

इन्भेस्टमेन्ट र मेगा बैंक एक आपसमा मर्जको प्रक्रियामा गएकाले दुवै बैंकको सोमबार (जेठ ३० गते) देखि सेयर कारोबार रोक्का भएको हो। दुवै बैंकबीच मर्जरका लागि शुक्रबार (जेठ २७ गते) सम्झौता भएको थियो।

सम्झौतामा नेपाल इन्भेस्टमेन्टका सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रजन्यराज भण्डारी र मेगा बैंकका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मुक्ति पाण्डेले हस्ताक्षर गरेका छन्।

मर्जरपश्चात नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ। नेपाल इन्भेस्टमेन्ट बैंकले प्रति सेयर ९० रुपैयाँका दरले मेगा बैंकलाई गाभ्न लागेको हो। मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेस्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन्।

हाल नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ। दुबै बैंक एक भएपछी बैंकको चुक्त पुँजी ३४ अर्ब रुपैयाँ बराबर पुग्नेछ। मर्जर पश्चात यो बैंक चुक्ता पुँजीको आधारमा हालसम्मकै ठूलो बैंक हुने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here