सुनकाे मूल्य घट्याे

81

काठमाडौं । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८ सयले घटेर ९७ हजार १ सयमा आएको छ ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here