जापानमा माथिल्लो सदनको निर्वाचन हुँदै

142

जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ। माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी दिए।

निर्वाचनको प्रचार अभियान भने यही जुन २२ देखि मात्रै सुरु गर्न पाइने भएको छ। त्यसका लागि दलहरुले भने अबदेखि नै तयारी थाल्ने भएका छन्। जापानको माथिल्लो सदनलाई ‘हाउस अफ काउन्सिलरस’ पनि भनिन्छ भने तल्लो सदनलाई प्रतिनिधि सभा भनिन्छ।

जापानको माथिल्लो सदनमा २४५ जना सदस्य हुनेछन्। उनीहरुको कार्यकाल ६ वर्षको हुनेछ। माथिल्लो सदनका सदस्यहरुको कार्यकाल तल्लो सदनका सदस्यहरुको भन्दा दुई वर्ष बढी हो।

त्यसैगरी माथिल्लो सदनको सदस्य बन्नका लागि कम्तीमा ३० वर्षको हुनुपर्नेछ, जबकि तल्लो सदनको सदस्य हुनका लागि कम्तीमा २५ वर्षको भए पुग्ने व्यवस्था छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here