बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

87

काठमाडौं । बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप लिखु तामाकोशी गाउँपालका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ चैत ७ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ४ दिन र १० लाख १२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो । खड्काले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here