विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा

78

काठमाडौं। सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्य अवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उहाँ यतिबेला क्यान्सर रोगसँग लडिरहनुभएको छ । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको हुनुहुन्थ्यो । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चासो व्यक्त गर्नुभएको छ । आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष दाहालले जानकारी लिनुभएको हो ।

तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा हुनुहुन्छ । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालले चिकित्सकबाट जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले उहाँको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गर्नुभएको थियो । अध्यक्ष दाहालले देशका लागि तामाङले पु-याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here