चलचित्र ‘रीत’को इन्डक्ल्याप छायाङ्कन

109
काठमाडाैं ।  कथानक चलचित्र ‘रीत’को छायाङ्कन सकिएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म दिनेश लिङ्देनले निर्देशन गरेका हुन् ।  पटकथा, संवाद समेत निर्देशक लिङ्देनको रहेको  चलचित्रकाे  राजधानीमा एक कार्यक्रमबीच  इन्डक्ल्याप गरिएको थियो । चलचित्रमा लिम्बु जातिको विवाहमा हुने संस्कार समेटिएको निर्देशक लिङ्देनले जनाए ।
फिल्म ताप्लेजुङको सिनाम, पाँचथर, इलाम र उपत्यकाको विभिन्न स्थानमा छायाङ्कन भएको हो । कथानकको इन्डक्ल्यापमा कलाकार तथा निर्देशक अशोक शर्माले राज्यले नेपाली कला र संस्कृतिको कथामा निर्माण हुने चलचित्रलाई प्रोत्साहन गर्नुपर्ने जनाए ।

चलचित्रमा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ इङनाम, सागर केरुङ, याशेली योङ्हाङ, तेज मेन्याङबो, सोनु लिम्बु, पूर्ण सेलिङ, दिनेश माङमु, रत्ना लिङ्देन, राजु घिमिरे, भीम थेबे, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङ, प्रभु कुरुम्वाङको अभिनय छ ।

होमकुमार लावती, आशा नेम्वाङ र विष्णुकुमार इङ्नाम निर्माता रहेको फिल्ममा वसन्त थेवे सह—निर्माता र मिक हाङ लिङ्देन प्रस्तुतकर्ता छन् । चलचित्रमा मान तबेबुङ र अशोक राईको संगीत, श्रेयसी चेम्जोङ, सुसन साम्सोहाङ र मान तबेबुङको गायन, दिनेश माङमुको कोरियोग्राफी र सुमन तामाङको छायाङ्कन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here