काठमाडौं । प्रहरीले ७१६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित एक जना कोरियन नागरिकलाई पक्राउ गरेको छ ।
कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको ह्याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा खानतलासी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


















