एक हप्तामा काेराेना सङ्क्रमित ६० प्रतिशतका दरले बढ्याे

68

काठमाडाैं । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ। पछिल्लो एक सातामा सङ्क्रमितको सङ्ख्या ६० प्रतिशतले बढेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज ५० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ। दुई हजार ८१४ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको हो।

आज एक हजार ४६७ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा र एक हजार ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना देखिएको हो।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९७ पुगेको छ।  स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, पछिल्लो एक साता (असार ११ देखि १७ गतेसम्म) मा २३७ जनामा सङ्क्रमण देखिएको छ। जबकि, अघिल्लो साता अर्थात् असार ४ देखि १० गतेसम्म १४८ जनामा मात्रै सङ्क्रमण देखिएको थियो।

अहिलेसम्म नेपालमा पीसीआर परीक्षणबाट नौ लाख ७९ हजार ७२९ जनामा र एन्टिजेन परीक्षणबाट एक लाख ४० हजार ४८८ जनामा कोरोना देखिएको छ। जसमध्ये ९८.८ प्रतिशत निको भइसकेका छन्।  त्यस्तै, कोरोनाबाट ११ हजार ९५२ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here