काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउने बताएका छन्। शाहले शनिबार सामाजिक सञ्जालमार्फत यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका हुन्।
उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईंहरूको दिन शुभ रहोस्।’
यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए। उनले सालिक निर्माणका लागि बजेट छुट्याएसँगै सामाजिक सञ्जालमा उनको चर्को विरोध भइरहेको छ। यो पनिः र्याप गायक यमबुद्धको सालिक निर्माण गरिने उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको सालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका थिए।
विरोधपछि महानगरपालिकाको बजेटबाट सालिक बनाउने निर्णयबाट शाह पछि हटेका हुन्।

















