बजारमा सुनको भाउमा सामान्य गिरावट

59

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ एक सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ ९४ हजार ७ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ।  सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here