काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ एक सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ ९४ हजार ७ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ। सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला ११८५ रुपैयाँमा कारोबार भइरहेको छ।


















