सभामुख सापकोटाले सङ्घीय संसदका दुवै सदनबाट पारित भएका पाँच विधेयक प्रमाणित

75

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदका दुवै सदनबाट पारित भएका पाँच वटा विधेयक प्रमाणित गरेका छन् ।  सभामुख सापकोटाले संसदको दुवै सदनबाट विभिन्न मितिमा पारित भएका विधेयकहरु मङ्गलबार प्रमाणित गरेका हुन् ।

लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९–०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सभामुख सापकोटाले प्रमाणित गरेका छन् ।

प्रमाणित विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here