ताप्लेजुङमा चट्याङ लागेर एक जनाकाे ज्यान गयाे

77

ताप्लेजुङ  । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

चट्याङ लागेर मेरिङ्देन गाउँपालिका-२ सान्थाक्र मैखुका १५ वर्षका बालक लाकुमार शेर्पाको घटनास्थलमै ज्यान गएको हो ।

सूर्यदेवि माविमा कक्षा ९ मा अध्ययनरत शेर्पा घरमा बसिरहेको बेला चट्याङ लागेको थियो । निमलामु शेर्पा र नितेम्बा शेर्पा घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here