आज भारतमा नयाँ राष्ट्रपतिको लागि निर्वाचन

115

काठमाडौं। भारतमा आज सोमबार नयाँ राष्ट्रपतिको लागि निर्वाचन हुँदैछ।

राष्ट्रपति चयनका लागि यतिबेला भारतको संसदसँगै विभिन्न राज्यका विधानसभाहरुमा मतदान भइरहेका छन्।

यसक्रममा भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह पनि मतदान गर्न संसद पुगेका छन् ८९ वर्षका सिंह ह्विलचियरमा मतदानस्थल पुगेको बीबीसीहिन्दीले जनाएको छ।

उनले सहयोगीको मद्दतमा मतदान गरिसकेका छन्। ह्विलचियरमै गएर मतदान गरेपछि यतिबेला सिंहको स्वास्थ्य लाभको कामना भारतभरबाट भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here