ऋतिक रोशनको ‘सुपर ३०’ ट्रेलर सार्वजनिक

204

बलिउड अभिनेता ऋतिक रोशनको बहुप्रतिक्षीत फिल्म ‘सुपर ३०’ को ट्रेलर मंगलवार युट्युबमा सार्वजनिक भएको छ । यो फिल्म बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित छ, जसमा आनन्दको भूमिका ऋतिकले निभाएका छन्।

ट्रेलर हेर्दा ऋतिकले दुई वर्ष गरेको मिहिनेत स्पष्ट देखिन्छ । भने, फिल्मले बक्सअफिस धूम मच्चाउने ट्रेलरबाट अनुमान लगाउन गाह्रो पर्दैन । यसमा मृणाल ठाकुर, अमित साध र नन्दिशा सन्धुको पनि अभिनय छ । ‘सुपर ३०’ मा आनन्द कुमारको कडा परिश्रमदेखि उनी सफल हुँदासम्मको संघर्ष देखाइएको छ ।

आनन्द कुमार एक यस्ता व्यक्ति हुन्, जसले गरिब र पिछडिएका वर्गका विद्यार्थीलाई आईआईटीको परिक्षा पास गर्न योग्य बनाएका थिए । उनको संस्था सुपर ३० ले रेकर्ड बनाएको थियो । ऋतिक आफ्नो यो फिल्मलाई लिएर निकै उत्साहित छन् । यसमा उनी एक ब‍िहारी पुरुषको भूमिकामा छन् । ट्रेलरमा उनी आफ्नो भूमिकामा फिट देखिएका छन् ।  विकास बहलद्वारा निर्देशित यो फिल्म १२ जुलाईमा रिलिज हुँदैछ ।

ट्रेलर ( भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here