‘गलबन्दी’ ट्रेन्डिङको नम्बर एकमा

175

अहिले नेपाली गीत सङ्गीत बजारमा लोकदोहोरीले राम्रो बजारका साथै दर्शकको माया पाइरहेको छ । पछिल्लो समय ‘बोल माया’ शिर्षकको गीत ल्याएर दर्शकको माया पाउनुका साथै चर्चाको शिखरमा पुगेका प्रकाश सपुतले केहि दिन अघि ‘गलबन्दी’ शिर्षको गीत लिएर आएका थिए ।

‘बोल माया’कै परिवेश अनि कथालाई निरन्तरता दिँदै ‘गलबन्दी’ सार्वजनिक गरिएको थियो । यती बेला बालकदेखी बृद्ध सबै उमेर समुहका श्रोताको मुखमा गलबन्दी झुन्डिरहेको छ ।

दर्शकको माया अनि साथले गीत सार्वजनिक भएको हप्ता दिनमै ६२ लाख बढिले हेरिसकेका छन् । प्रकाश सपुत र शान्ती श्री परियारको स्वरमा रहेको गीत गलबन्दी यतिबेला युट्युवको ट्रेन्डिङ नम्बर एकमा रहेको छ । अन्जली अधिकारी लाई फिचर्ड गरिएको गीत को मेकिङको कारण पनि दर्शकको मन जितेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here