इन्टरनेटकाे शुल्क घट्याे

48

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो ।

सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा झार्दा सेवा प्रदायकहरुको महसुल दर पनि सामान्य घट्नेछ । नेपाल टेलिकमले कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर (पे एज यु गो) अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने जानकारी दिएको छ ।

त्यस्तै एनसेलले पनि साउन १ देखि लागू हुनेगरी दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम गरिने जानकारी दिएको छ ।

अन्य सेवा प्रदायकले समेत सरकारको नयाँ व्यवस्था अनुसार दूरसञ्चार सेवा शुल्क घटाउने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here