एभरेस्ट बैंकबाट २ लाख रुपैयाँ निकालेर घर फर्किँदै लुटपात

105

जनकपुरधाम । बैंकबाट रकम निकालेर घर गइरहेकी एक महिला लुटिएकी छन् । जनकपुरधाम उपमहानगरपालिका १ की शर्मिला यादव एभरेस्ट बैंकबाट २ लाख रुपैयाँ निकालेर घर फर्किँदै गर्दा लुटिएकी हुन् ।

घर नजिक पुगेपछि मोटरसाइकलमा आएका दुई युवक रुपैयाँ, मोबाइल र नागरिकता राखेको झोला लिएर भागेको पीडित शर्मिलाले जानकारी दिइन् ।

साउदीबाट श्रीमानले पठाएको रकम निकालेर घर नजिक गइसकेको बेला लुटेर झोला लिएर भागेको उनले बताइन् । रकम लुटेपछि उनी बेहोस भएकी छन् । धनुषा प्रहरीले लुटेराको खोजी भइरहेको जनाएको छ ।

जनकपुरधाम मधेस प्रदेशको राजधानी हो । तर यहाँ दिनहुँजसो चोरी र लुटपाटका घटना घटिरहे पनि प्रहरी अपराधीहरूलाई पक्राउ गर्न सकिरहेका छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here