चर्चित गायिका पौडेल पछिल्लो समयमा गायकीको साथै कार्यक्रम संचालनमा समेत सक्रिय रहँदै आएकी छन् । उनी बुटवल र काठमाडौंका एफएम तथा टेलिभिजनको कार्यक्रम प्रस्तोता हुन् । उनले २०१६ मा कालिका म्युजिक अवार्ड र विन्दवासीनी म्युजिक अवार्ड जित्न सफल भएकी थिइन् । पौडेल हालका वर्षहरुमा नेपाली लेकगितहरुको मौलिकता हराउदै गएको चिन्ता गरिएको समयमा नेपाली मौलिक लोकगित गाउने कलाकारको रुपमा परिचित छिन् ।
एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले नेपाली महिलाहरुको पर्व तीजलाइ प्रवासमा नेपालकै अनुभुती हुने गरि भव्य बनाउन तयारी थालिएको बताउदै खर्च कटाएर वाकी रकमहरु विगत बर्षहरुमा जस्तै नेपालको दुर्गम क्षेत्रका महिलाको स्वास्थ्यको क्षेत्रमा खर्च गर्ने बताइन् । उनले तीज जस्ता सांस्कृक कार्यक्रमहरु मनाउँदै परम्परा संस्कृतिको रक्षा गर्दै मनोरञ्जन गरेर साथमा नेपालमा समस्या रहेका महिलाहरुलाई सानो भए पनि सहयोग गर्ने लक्ष रहेको बताइन् ।
यसैगरि एनआरएनए नारी निकुञ्ज अष्ट्रेलिया प्रमुख मञ्जु खड्काले हाल सम्म अष्ट्रेलियाका तिन शहर एडिलेड, सिड्नी र पर्थमा तीज कार्यक्रम हुँदै गरेको जानकारी दिदै सबैबाट खर्च कटाएर बाँकी रहेको रकम नेपालका महिलाहरुको स्वास्थ्य तथा सशक्तीकरणको क्षेत्रमा खर्च गर्ने योजना रहेको बताइन् ।
उनले परदेशमा आए पनि देशमा रहेका त्यो पनि ग्रामीण भेगमा आमा दिदी बहिनीले आर्थिक अभावमा पाइरहेको दुख कष्टलाई कम गर्ने अभियानकै रुपमा तिज मनाउन लागिएको बताइन् ।


















