नेपालीले खाने आयो नुनमा अधिक मात्रा आयोडिन भएकोबारे प्रकाशित अध्ययनहरुले भने झैं प्रयोगशाला परीक्षणमा यस्तो नदेखिएको विभागले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
‘नेपाललाई जुन मात्रामा आयोडिन सेवनका लागि नुनको व्यवस्था गरिएको छ त्यसको न्यूनतम् मात्रा भन्दा माथि नै नुन पाएका छौं,’ महानिर्देशक जोशीले भनिन्, ‘नुनमा कम्तिमा ३० पीपीएमदेखि ५० पीपीएमसम्म आयोडिनको मात्रा भए ठिक हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ । हाम्रो परीक्षणमा यस्तो नेपालको यस्तो मात्रा पुगेको देखिन्छ ।’
भल, बाढी र पहिरोका कारण नेपालको माटोमा आयोडिन मात्रा निकै कम रहेको र सामुन्द्रिक खाद्य वस्तुको उपलब्धता मानिसमा नभएका कारण आयोडिन मात्रा धेरै नै हुनु पर्ने देखिएको भन्दै उनले भनिन्, ‘आयोडिनको मात्रा बारेको अध्ययन अपुरो छ यसलाई विस्तिृत बनाउन जरुरी छ । ’
विभागका उपमहानिर्देशक शैलेशकुमार झाले नेपालीहरुले खानामा नुनको प्रयोगको तरिकाका हिसाबले आयोडिनको मात्रा धेरै थोरैको निर्धारण गर्ने बताए । ‘कुकरमा नुन हालेर सिठ्ठी लगाइयो भने आयोडिनको मात्रा घट्छ, पकाइसकेर नुन थपियो भने आयोडिन बढी हुन्छ,’ झा भन्छन् ‘कसले कसरी पकाएर खाना आयो भन्ने कुरामा यो भर पर्ने कुरा हो ।’
विभागका गुणस्तर महाशाखा प्रमुख किशोर केसीले नेपालले औषत खानु पर्ने भन्दा धेरै नुन खानाले ओडिनको मात्रा धेरै भएको देखिएको हुनसक्ने बताए । हामीलाई दैनिक ५ एमएम भन्दा बढी नुन नखानु भनिन्छ तर नेपालीको औसत नुन खाने बानी ९.५ एमएम देखिएको छ,’ केसीले भने, ‘आवश्यकता भन्दा धेरै मात्रामा नुन खाएपछि आयोडिनको मात्रा धेरै देखिनु ठिकै हो ।’
आयोडिनका कारण नेपालले आयोडिन अभावका कारण हुने रोग प्रतिरोधमा ठूलो जित हासिल गरेको भन्दै उनले यसको प्रयोग र मात्राबारेमा विस्तृत अनुसन्धानको खाँचो रहेको बताए ।


















