राप्रपाले भ्रष्टाचारीलाई कारबाही गर्न माग राख्दै प्रदर्शन

73

काठमाडाैं । राप्रपाले भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेका छन् ।

बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो ।

काठमाडौंसहित देशभरका सबै जिल्लामा विरोध प्रदर्शन गरिएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी गराए ।

प्रदर्शनका क्रममा राप्रपाका कार्यकर्ताले महँगी नियन्त्रण गर्न, कालोबजारी र भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेको थिए । उनहरूले राप्रपाका २२ बुँदे माग पनि पूरा गर्न सरकारसँग माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here