सवारी दुर्घटनामा दुई जनाको मृत्यु

112

काठमाडौं ।  धनुषाधाम नगरपालिका-२ डिहिबार बाबा मन्दिरस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार गणेशमान चारनाथ नगरपालिका-३ जुडी बस्ने ४५ वर्षीया हंसा देवी दासको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको रामा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल मोटरसाइकल सहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

गुल्मीकाे रेसुङगा नगरपालिका-१० काभ्रे पैरोस्थित सडकमा लु.२ ख १८६६ नम्बरको ट्रक बाटो भासिएर पल्टिँदा ट्रक चालक गुल्मीदरवार गाउँपालिका-३ गौडाकोट बस्ने ३८ वर्षीय रण बहादुर ढेगाको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here