नख्खु कारागारका ५ सय कैदी आन्दोलित

118

काठमाडौं । ललितपुरको नख्खुमा रहेको कारागारका ५ सय कैदी आन्दोलित भएका छन् ।

जेलमा रहेका कैदीबन्दीहरुको नाइके आइत तामाङ र सन्तोष गुरुङले अनावश्यक दुःख दिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

एक कैदीबन्दीकाअनुसार उनीहरुले गरेको परिश्रमको मूल्य पनि नदिईएको र नक्कली चौकीदार राखेकोले आन्दोलन गर्नुपरेको हो ।

उनीहरुले उक्त प्रकरणमा छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् । आइत र सन्तोषले कैदीबन्दीहरुलाई अनावश्यक दुःख दिएको उनीहरुको आरोप छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here