काठमाडौं । देशको राजधानी आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यहाँको अवस्था बिजोग रहेको टिप्पणी गरेका छन् ।
उनले काठमाडौंको यस्तो अवस्था देखेर आफूलाई श्रमदान गर्न मन लागेको समेत जनाएका छन्।
सडकमा यत्रतत्र थुप्रिएको फोहोर देखेपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्री बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’


















