एकैदिन कोरोना संक्रमित ६ सय २३ जना थपिए

60

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ६२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, सोही अवधिमा ४८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७७ हजार ८४५ पुगेको छ ।

त्यस्तै देशभर ५ हजार २४ जना सक्रिय संक्रमित छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here