झलनाथ खनाल अन्तिम पटकका लागि प्रतिनिधिसभाका लागि उम्मेद्वार हुने

125

आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुुरा गर्दै खनालले त्यस्तो बताउनुभयो । आगामी मंसिर ४ गते हुने हुने निर्वाचनमा एक पटक गठबन्धनबाट चुनाव लड्ने उहाँको धारणा छ ।

“जनतासँगको माया पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छुु, अब एक पटक पुनः चुनाव लडछुु” नेता खनालले भन्नुभयो, “इलाम निर्वाचन १ बाट निर्वाचन जित्छु भन्ने मलाई विश्वास छ ।” एकतामै बल रहेकाले एक्लै हिड्ने शक्तिको क्षति हुने निश्चित रहेको उहाँले जनाउनुभयो ।

नेता खनालले तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको पनि चर्चा गर्नुभयो । मुलुकको हितका लागि बृहत वामपन्थी एकताको आवश्यकता रहेको पनि उहाँले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here