संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश

98

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले दुई विधेयक प्रमाणिकरण गरेकी छिन्।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई भण्डारीले नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवत्ता सागर आचार्यका अनुसार नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आइतबार प्रमाणिकरण भएका छन्।

गत आइतबार भण्डारीले नागरिकता संशोधन विधेयक संसदमा फिर्ता गरेपछि विवादमा तानिएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here