पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि

49

काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरिको अन्त्येष्टि गरिएको छ।

गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। पशुपति आर्यघाटमा गिरिलाई उनका छोरा सन्तोष गिरिले दागबत्ती दिए।

अन्त्येष्टिअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गरी गिरिको पार्थिव शरिर पशुपति आर्यघाटमा पुर्‍याइएको थियो।

अन्त्येष्टिअघि पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

सानेपामा पनि विभिन्न राजनीतिक दलका शीर्ष नेतासहित उच्च पदस्थ व्यक्तिहरु गिरिलाई श्रद्धान्जली अपर्ण गर्न पुगेका थिए। गिरिका शुभचिन्तक तथा समर्थकको पनि बाक्लो संख्यामा उपस्थिति थियो।

शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएका गिरिको पार्थिव शरिर श्रदाञ्जलीका लागि अस्पतालमै पनि राखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here