तीन सयले घट्यो सुनको मूल्य

65

काठमाडौं । सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला तीन सय रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार आठ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार एक सय ६० तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here