इन्डक्सन चुलो प्रवद्र्धनको गतिविधि सञ्चालन गर्न चुनौती

62

काठमाडौं। विद्युत् खपत विस्तार र एलपी ग्यास विस्थापनका लागि इन्डक्सन चुलो प्रवद्र्धनको गतिविधि सञ्चालन गर्न चुनौती देखिएको छ । सरकारले चालू आर्थिक वर्षका बजेट वक्तव्यमार्पmत स्थानीय निकायसँगको साझेदारीमा प्रत्येक घरमा विद्युतीय चुलो पु-याउने घोषणा गरेको छ ।

तर, अनुदानमार्पmत यस्तै चुलो उपलब्ध गराउँदै आएको सरकारी निकाय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुभवमा यस्ता वितरणमुखी कार्यक्रम कार्यान्वयन र प्रभावकारीमा चुनौती देखिएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धनले पनि प्रत्येक वर्ष लक्षित वर्गका लागि एक लाखसम्म विद्युतीय चुलो अनुदानमा उपलब्ध गराउने कार्यक्रम तय गरेको छ । तर, विद्युतीय चुलोको गुणस्तर, बिक्रीपछिको सेवा भने चुनौतीपूर्ण देखिएको केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले बताउनुभयो । विद्युतीय चुलो प्रवद्र्धनका लागि मर्मत सेवा विस्तार बारे ऊर्जा र वातावरणका लागि महिला सञ्जालले आयोजना गरेको गोष्ठीमा उहाँले वर्तमान सार्वजनिक खरिद ऐनलगायत कानुनी र प्रक्रियागत झमेलाका कारण गुणस्तरीय चुलो उपलब्ध गराउन असम्भव रहेको बताउनुभयो ।

महँगो पर्ने चुलो खरिद गरी उपलब्ध गराउन हामीले सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “सस्तोमा किनेर उपभोक्तालाई दिँदा उच्च गुणस्तरको नहुने र त्यसकै कारण ‘इन्डक्सनले काम गर्दैन’ भन्ने बुझाइ स्थापित हुने खतरा छ ।”

राजधानीमा बसेर उच्चशिक्षा हासिल गरिरहेका दुर्गमका विद्यार्थीलाई करिब १० हजार थान इन्डक्सन चुलो निःशुल्क उपलब्ध गराउन प्रक्रिया चलाइरहेको छ । त्यस्तै थप करिब २० हजार थान चुलो स्थानीय निकाय साझेदारीमा वितरण गर्ने गरी पनि तयारी गरिरहेको छ । तर, गुणस्तरीय चुलो आपूर्ति गर्नमै समस्या परेकाले वितरण प्रक्रियामा ढिलाइ हुन पुगेको उहाँले जानकारी गराउनुभयो ।

अधिकारीले नेपालमा यस्ता उपकरणको गुणस्तर मापन गर्ने ल्याबहरू पनि कम रहेको बताउँदै कमसल इन्डक्सन आयात नै पूर्ण बन्देज लगाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ऊर्जा प्रतिष्ठान नेपालका उपाध्यक्ष शेरसिंह भाटले विश्वमा अहिले विद्यूतीय फोहोर ठूला मुद्दा बनिरहेको र नेपाल विद्युतीय फोहोरको डम्पिङसाइट बन्ने खतरा रहेको भन्दै सार्वजनिक खरिदका प्रावधान र विद्युतीय सामग्री आयातमा उच्च गुणस्तरका सामान मात्रै नेपाल भित्रन पाउने कानुनी व्यवस्था गर्नुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा प्राक्टिकल एक्सन नेपालकी ऊर्जा विभाग प्रमुख पुजा शर्माले विद्युतीय चुलो प्रवद्र्धनका लागि मर्मत संहारमा जनशक्ति विकास अभियानलाई पनि सँगै लैजानु आवश्यक रहेको बताउनुभयो ।

सञ्जाल की अध्यक्ष कला तिमल्सिनाले विद्युतीय चुलो मर्मत सुविधा विस्तारका लागि महिलालाई नै तालिम दिने अभियान चालिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here