लहानकाे मालपाेत कार्यालयमा भएकाे बम विस्फोटमा गणतान्त्रिक मुक्ति मोर्चाको पर्चा भेटियो

192

काठमाडौं- सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा फेला परेको छ।

प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहका अनुसार बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको हो।         घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीसँगै नेपाली सेनाको टोली समेत घटनास्थल पुगिसकेको छ। घाइते भएकामध्ये सेवाग्राही दिनेश कुमार भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनी सुगर र प्रेसरका बिरामी समेत रहेको पाइएको छ। विस्फोटमा दिनेशसँगै ७ जना घाइते भएका डिआइजी सिंहले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here