भारतले गोर्खा भर्ती अग्निपथ योजनाअनुसार नै हुने

184

काठमाडौं ।  भारतले गोर्खा भर्ती अग्निपथ योजनाअनुसार नै हुने जनाएको छ। भारतीय सेनामा लामो समयदेखि नेपाली युवाहरुलाई लिँदै आइएकोमा अब अग्निपथ योजना अनुसार लिने भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिए।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले परम्परागत रुपमा नभई अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने जनाएका हुन्। उनले भने, ‘हामीले भारतीय सेनामा गोर्खा सैनिकलाई लामो समयदेखि भर्ती गरिरहेका छौं। अब पनि गोर्खा भर्ती निरन्तर हुनेछ। भर्ती अग्निपथ योजनाअनुसार नै हुनेछ।’

भारतले बुधबारदेखि अग्निपथ योजनाअन्तरत सेनामा भर्ती खुला गरेको छ। तर सरकारले अनुमति नदिँदा नेपालबाट अग्निपथका लागि आवेदन दिन युवाहरुले पाएका छैनन्।

आवेदन दिन पेन्सन कार्यालयमा भेला भएका युवाहरु फर्किएका छन्। सरकारले गोर्खा भर्ती गर्दा परम्परागत रुपमा हुने किन अग्निपथ योजनाअनुसार हुने भन्ने स्पष्ट नभएकाले अनुमति नदिएको बताइएको छ।

भर्तीका बारेमा बुधबार परराष्ट्र मन्त्री नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवसँग छलफल गरेका थिए। अग्निपथ योजनाअनुसार भर्ती भएका युवाहरुमध्ये धेरैले ४ वर्षमै अवकाश पाउने छन् भने थोरैलाई मात्रै पूर्णकालिन रोजगारीको अवसर दिने योजना भारत सरकारले अघि सारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here