विद्यार्थीले बनाए विषादी छर्कने ड्रोन

149

महोत्तरी । महोत्तरीको बर्दिवास–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका विद्यार्थीले बालीमा विषादी छर्किने ड्रोन बनाएका छन् ।

कक्षा १२ मा बाली विज्ञान अध्ययन गरिरहेका शिक्षकहरू गंगाप्रसाद फुयाल र सतिश जोशीको सहयोगमा विद्यार्थीहरू अभिषेक अधिकारी, बिक्की जैसवाल र प्रमोद ठाकुरले उक्त ड्रोन बनाएका हुन् ।

विद्यार्थी अधिकारीका अनुसार औषधिघुलित ७ लिटरसम्म पानी ड्रोनले बोक्न सक्ने र १० किलोमिटर क्षेत्रभित्र उडान गरी ३० मिनेटसम्म छर्न सक्ने क्षमता छ ।

करिब ३ लाख रुपैयाँ लागतमा २ महिना लगाएर ड्रोन बनाइएको हो । ड्रोनमा ३ सय केभीको मोटर र एफपीभी क्यामेरा जडान गरिएको छ । ड्रोन बनाउन स्टिल, प्लाई र रंग प्रयोग गरिएको छ । विद्यालयका प्रधानाध्यापक दीपक बरालले ड्रोनको सफल परीक्षण भइसकेको बताए । कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here