सुर्खेतमा एक महिला मृत फेला

99

सुर्खेतमा एक महिला मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका ८- स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय (मुसोम)को भुईं तलामा मृत अवस्थामा भेटिएकी हुन् ।

मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार दिउँसो ४ : ३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८/२९ वर्षकी भएको प्रहरीले जनाएको छ ।

घटनाको ज्यान सम्बन्धी कसुर (फुटकर ज्यान) मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

‘मृतकको शव जाँच मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न भएको छ । मृतकको शव प्रदेश अस्पताल कालागाँउको शव गृहमा राखिएको छ,’ उनले  जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here