मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरू गर्दै राप्रापा नेपाल

55

काठमाडौं । राप्रपा नेपालले चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ ।

राप्रपा नेपालको आज (बिहीबार) बसेको सचिवालयको बैठकले गरेको निर्णय अनुसार मेचीको काकडभिट्टाबाट ३० भदौमा सुरू हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर समापन हुनेछ ।

बैठकले समान विचारधारा भएका राजनीतिक दल, समुह तथा व्यक्तिसँग आवश्यक परामर्श गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय पनि गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन् ।

बैठकमा महामन्त्री सुशीलकुमार श्रेष्ठद्वारा राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेदवारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन वस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगती विवरण प्रस्तुत भएको राप्रपा नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here