गोर्बाचाेभको अन्त्येष्टि शनिबार गरिने

52

सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरूले जनाएका छन्।

सञ्चारमाध्यमका अनुसार गोर्बाचाेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुनेछ।   सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा राखिएको थियो।  गोर्बाचेभको शवलाई मस्कोको केन्द्रीय नोभोडेभिची कब्रिस्तानमा गाडिने गोर्बाचेभ फाउन्डेसनका प्रेस सचिव भ्लादिमिर पोल्याकोभलाई उद्धृत गर्दै तास समाचार समाचार संस्थाले जनाएको छ।

१६औँ शताब्दीमा स्थापना भएको उक्त चिहानमा दर्जनौँ उच्च पदस्थ राजनीतिज्ञ, कवि, राजपरिवार र बुद्धिजीवीहरूलाई गाडिएको छ।  शीतयुद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा मंगलबार मस्काेमा निधन भएकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here